१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै | Jana Aawaj News

१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै : Jana Aawaj News

काठमाडौं । १४ जना सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ
आज न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस हुने भएको हो । सोमबार बहस हुदाँह्दैं समय सकिएपछि उक्त मुद्दामा थप बहस हुन लागेको हो । आज माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस हुनुका साथै ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्ने भएका छन् । आज हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ भने, ओलीको रिटमा माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न माग गर्रिको छ ।
आज नै माधवकुमार नेपालको नेतृत्वमा नव गठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । एमालेबाट विभाजति भएर बनेको एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो । अहिले देशभर संगठन विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
आज बस्ने भनिएको बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न