
रशिला थापा
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने सुचना प्रकाशन गरेको छ ।
नगरपालिकाभित्र भएका लाभग्राहीहरुको सहजताको लागि नगरकार्यपालिकाको कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशनको स्थापना गरिएको छ । राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न छुट भएका लाभग्राहीहरुले https://donidcr.gov.np मा गई राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन भरी सो को प्रमाण सहित राष्ट्रिय परिचय पत्र विवरण दर्ताको लागि नगरपालिका कार्यालयको दर्ता स्टेशनमा आउन आव्हान गरेको हो ।

साथै राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेका तर राष्ट्रिय परिचय पत्र नम्बर आफ्नो मोवाइलमा Donider बाट Message प्राप्त नभएका लाभग्राहीहरुले आ-आफ्नो राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको निस्सा पत्र लिएर नगरपालिकाको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा कार्यालय समयभित्र सम्पर्क राख्नुहुन अनुरोध समेत गरेको छ ।
परिचयपत्र विवरण दर्ता सहजताको लागि तोकिएका वडाका सेवाग्राहीहरुले वडा नम्बर १ सिरुटारमा असार १७ र १८ गते सम्म, वडा नम्बर २ बालकोट असार १९ र २१ गते, वडा नम्बर ३ बालकोट असार २२ र २३ गते, वडा नम्बर ४ दधिकोट असार २४ र २५ गते, वडा नम्बर ५ कटुन्जे असार २६ र २७ गते, वडा नम्बर ६ पाण्डुवजार असार २८ र २९ गते, वडा नम्बर ७ गुण्डू असार ३० र ३१ गते, वडा नम्बर ८ सिपाडोल साउन १ र २ गते, वडा नम्बर ९ नंखेल साउन ३ र ४ गते र वडा नम्बर १० चित्तपोलमा साउन ५ र ६ गते सम्म राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न आव्हान गरेको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344197












