सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने : चाँगुनारायण नगरपालिका | Jana Aawaj News

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने : चाँगुनारायण नगरपालिका

सुचना सहित

पढ्न लाग्ने समयः 2 मिनेट
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने : चाँगुनारायण नगरपालिका : Jana Aawaj News

नारायण थापा
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने सुचना प्रकाशन गरेको छ ।

नगरपालिकाभित्र भएका लाभग्राहीहरुको सहजताको लागि नगरकार्यपालिकाको कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशनको स्थापना गरिएको छ । राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न छुट भएका लाभग्राहीहरुले https://donidcr.gov.np मा गई राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन भरी सो को प्रमाण सहित राष्ट्रिय परिचय पत्र विवरण दर्ताको लागि नगरपालिका कार्यालयको दर्ता स्टेशनमा आउन आव्हान गरेको हो ।

साथै राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेका तर राष्ट्रिय परिचय पत्र नम्बर आफ्नो मोवाइलमा Donider बाट Message प्राप्त नभएका लाभग्राहीहरुले आ-आफ्नो राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको निस्सा पत्र लिएर नगरपालिकाको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा कार्यालय समयभित्र सम्पर्क राख्नका लागि गत शुक्रबार नै सुचना निकालेको हो ।
परिचयपत्र विवरण दर्ता सहजताको लागि तोकिएका वडाका सेवाग्राहीहरुले २०८१ असार १४ र १५ गते वडा १, १६ र १७ वडा २, १८ र १९ वडा ३, २० र २१ वडा ४, २२ र २३ वडा ५, २४ र २५ वडा ६, २६ र २७ वडा ७, २८ र २९ वडा ८ र ३० र ३१ गते वडा ९ मा राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न आव्हान गरेको छ ।

साथै चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न आउने व्यक्तिहरुले देहायबमोजिमका कागजातहरु लिएर आउनुपर्ने बताएको छ । नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराई गरेको हकमा बसाइँसराईको सक्कल प्रमाणपत्र नागरिकतामा भएको ठेगाना भन्दा फरक ठेगाना भएमा, विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोही प्रमाणपत्र, नभएमा विवाह दर्ता वा विवाह प्रमाणित वा नाता प्रमाणितको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टा, विवाहित एकल महिला वा एकल पुरुष भएमा पति वा पत्नीको मृत्युदर्ता गरेको सक्कल प्रमाणपत्र र विवरण पुष्टि हुने अन्य कागजातहरु लिएर आउन आव्हान गरेको छ ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न