सरसफाइ पछि मनमोहक देखिएको बोडेको कमल पोखरी | Jana Aawaj News

सरसफाइ पछि मनमोहक देखिएको बोडेको कमल पोखरी

पढ्न लाग्ने समयः 2 मिनेट
सरसफाइ पछि मनमोहक देखिएको बोडेको कमल पोखरी : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको ४ वटा नगरपालिकामध्ये मध्यपुर थिमी नगरपालिकाको बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा रहेको छ ।

आजभोलि उक्त पोखरीमा कमलको फूल फक्रेको देख्न पाइन्छ । यो कमल पोखरीको इतिहासलाई फर्केर हेर्ने हो भने, यसलाई विक्री भएर फर्काइएको ५० वर्षपछि पोखरीमा फूल फलेको थियो ।
पटकपटक व्यक्तिका नाममा दर्ता भई किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप लेला भन्ने स्थानियबासिले समेत कल्पना पनि गरेका थिएनन् ।

तत्कालीन बोडे गाउँ पञ्चायत-६ कित्ता नं १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाएका थिए र तुरुन्तै विरोधमा उत्रिएर मासिन लागेको उक्त पोखरीको बचाउ गरेको थिए ।

त्यसपछि त्यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिका सहितको सहयोगमा गरिएको उजुरीमा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएपछि पोखरीको संरक्षणमा पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा नगरपालिका जटेको थियो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी ७५ लाखको लगतमा संरक्षणका कार्य गरिएको थियो ।

उक्त पोखरीमा लेउ र फोहोर धेरै भएपछि मंगलबार स्थानीयले सरसफाई गरी पोखरीको सुन्दरतामा निखार आएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न