मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सप्पन्न  | Jana Aawaj News

मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सप्पन्न 

पढ्न लाग्ने समयः 2 मिनेट
मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सप्पन्न  : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सम्पन्न भएको छ।

उक्त टुर्नामेन्ट प्रतियोगितामा ३२ वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा समृद्धि स्कूल प्रथम हुन सफल भयो भने, AITM कलेज दितिय र टोखा एफसी तृतीय हुन सफल भएको थियो ।

टुर्नामेन्ट प्रतियोगितामा प्रथम हुने समृद्धि स्कूलले नगद पुरस्कार रू. १५ हजारसँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १०० प्रतिशत छात्रवृति पाउने भएका छन् । यसैगरी दोश्रो हुने AITM कलेजले नगद पुरस्कार रू. १० हजार र मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृति त्यसैगरी तेश्रो हुनेले नगद पुरस्कार रू. ५ हजार र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृति प्राप्त गर्ने मिड भ्याली एसएस कलेजले जानकारी दिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न