भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सम्पन्न भएको छ।

उक्त टुर्नामेन्ट प्रतियोगितामा ३२ वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा समृद्धि स्कूल प्रथम हुन सफल भयो भने, AITM कलेज दितिय र टोखा एफसी तृतीय हुन सफल भएको थियो ।
टुर्नामेन्ट प्रतियोगितामा प्रथम हुने समृद्धि स्कूलले नगद पुरस्कार रू. १५ हजारसँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १०० प्रतिशत छात्रवृति पाउने भएका छन् । यसैगरी दोश्रो हुने AITM कलेजले नगद पुरस्कार रू. १० हजार र मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृति त्यसैगरी तेश्रो हुनेले नगद पुरस्कार रू. ५ हजार र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृति प्राप्त गर्ने मिड भ्याली एसएस कलेजले जानकारी दिएको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related