
विराटनगर । जोगबनी नाकाको तीनवटै ढाट १८ महिनापछि खुला गरिएको छ । ढाट खुल्ला भए सगैं सर्वसाधारणहरुको आवतजावत जोगबनी नाकामा बढेको छ । कोरोना महामारी सुरु भएसँगै नेपाल–भारत सीमाका तीनवटै ढाट बन्द गरिएको थियो । कोरोनाको दोस्रो लहर केही मत्थर भएसँगै जोगबनी नाकाको गेट सर्वसाधारणको लागि खुला गरिएको हो ।
मुख्यद्वारहुदै भारतबाट छिटपुट रूपमा आउने नेपाली र भारतीयलाई एन्टिजेन परीक्षण गरेर नेपालतर्फ प्रवेश गर्ने व्यवस्था गरिएको थियो । यताबाट जाने सर्वसाधारण भने सहायक मार्ग हुँदै जोगबनीसम्म गई किनमेल गर्ने गर्थे । उनीहरुको लागि मुख्य ढाट खुला गरिएसँगै किनमेलका लागि पारि जाने र उताबाट नेपालतर्फ आउनेहरुको लागि सहज भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आवतजावतलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि मुख्यद्वार खुला गरिएको जानकारी दिनुभएको छ ।
सीमामा विराटनगर महानगरपालिकाले भने हेल्थ डेस्क सञ्चालन गर्दै आईरहेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन समेत सहज भएकोले पैदलयात्रीलाई आवतजावत रोक्न नहुने प्रशासनले जानकारी गराएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 305736



