बलिउड अभिनेत्री शिल्पा र उनकी आमामाथि ठगीको आरोप | Jana Aawaj News

बलिउड अभिनेत्री शिल्पा र उनकी आमामाथि ठगीको आरोप

पढ्न लाग्ने समयः < 1 मिनेट
बलिउड अभिनेत्री शिल्पा र उनकी आमामाथि ठगीको आरोप : Jana Aawaj News

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथि ठगीको आरोप लागेको छ । आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा नाम मुछिएको छ ।
सोहि मुद्दामा लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरीले उनीहरूलाई सोधपुछ गरेको छ ।

उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन् । उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह समेत गरेकी छिन् ।

भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ ।
नवभारत टाइम्सबाट

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न