चेल्सीको पोल्टामा युरोपेली सुपर कप, पेनाल्टी सुटआउटमा भिल्लारियल पराजित | Jana Aawaj News

चेल्सीको पोल्टामा युरोपेली सुपर कप, पेनाल्टी सुटआउटमा भिल्लारियल पराजित

पढ्न लाग्ने समयः < 1 मिनेट
चेल्सीको पोल्टामा युरोपेली सुपर कप, पेनाल्टी सुटआउटमा भिल्लारियल पराजित : Jana Aawaj News

एजेन्सी । भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जित्न सफल भएको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुदै आएको छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जित्न सफल भएको थियो ।
७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लायिरलबाट बराबरी गोल फर्काएका थिए । चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित गोलकिपरको साटो वैकल्पिक गोलकिपर केपा अरिजा बालागालाई मैदान उतारेको थियो । यी गोलकिपरले भिल्लारियलका कप्तान राहुुल अलबिओलको प्रहार रोक्दै १९९८ पछि चेल्सीलाई दोस्रो सुपर कप जिताउन सफल भएका छन् ।
यस्तै ९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको थियो । चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न