आधा किलो सुनसहित तीन जना पक्राउ | Jana Aawaj News

आधा किलो सुनसहित तीन जना पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
आधा किलो सुनसहित तीन जना पक्राउ : Jana Aawaj News

कैलाली । प्रहरीले अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित कैलालीमा तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्र्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्र्षीय राजु विक र ३१ वर्र्षीय समीर सिजापती रहेको जिल्ला प्रहरी कर्यालय कैलालीका डीएसपी प्रतिक विष्टले जानकारी दिनुभयो ।
साथै उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।
डीएसपी विष्टका अनुसार उनीहरूमाथि थप अनुसन्धान र कारबाहीको लागि सुन र नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको डीएसपी विष्टले जानकारी दिनुभयो ।

+ posts