‘एक वडा एक फल्चा’ नीतिअनुसार द्रुत गतिमा निर्माण कार्य हुँदै छ : वडा अध्यक्ष कार्की | Jana Aawaj News

‘एक वडा एक फल्चा’ नीतिअनुसार द्रुत गतिमा निर्माण कार्य हुँदै छ : वडा अध्यक्ष कार्की

(भिडियो सहित)

पढ्न लाग्ने समयः 2 मिनेट
‘एक वडा एक फल्चा’ नीतिअनुसार द्रुत गतिमा निर्माण कार्य हुँदै छ : वडा अध्यक्ष कार्की : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायक नगरपालिकाको विभिन्न वडामध्य वडा नं. २ मा यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरणीय नगरपालिका बन्न सफल भएको छ ।

नगरपालिकाको २ नम्बर वडाले ‘एक वडा एक फल्चा’ नीतिअनुसार गणेश मन्दिरमा फल्चा निर्माण गरेको वडा अध्यक्ष प्रदिप कार्कीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १३ लाख र १७ लाख रुपैयाँ गरि जम्मा ३० लाख बजेटमा फल्चा, चौतारी आदि निर्माण गरिएको उहाँले बताउनुभयो ।

उक्त फल्चा रहेको स्थानमा पहिले पनि फल्चा रहेको र विभिन्न कारणले जीर्ण भइ भत्किएका कारण हाल निर्माण भएको फल्चा त्यसैको स्मारकको रुपमा समेत रहेको कार्कीले बताउनुभयो । फल्चाको निर्माण सकिइएको छ, तर रङरोगन लगायतका फिनिसिङका कार्यहरु बाँकी रहेको कार्कीले जानकारी दिनुभयो ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न