गुण्डुको किवाचोकमा विभिन्न प्रजातिका २०० विरुवा वृक्षारोपण सम्पन्न | Jana Aawaj News

गुण्डुको किवाचोकमा विभिन्न प्रजातिका २०० विरुवा वृक्षारोपण सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
गुण्डुको किवाचोकमा विभिन्न प्रजातिका २०० विरुवा वृक्षारोपण सम्पन्न : Jana Aawaj News

रशिला थापा
भक्तपुर । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ किवाचोक युवा क्लबद्धारा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रम सूर्यविानायक नगरपालिका वडा नं.७ किवाचोकको भिम प्राथामिक विद्यालयदेखी हात्ति गौडा सम्म र भिमसेनथान देखि भिम प्राथमिक विद्यालय सम्मको सडक छेउमा, किवाचोक युवा क्लवद्वारा आयोजित बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरेको हो ।


वृक्षारोपण कार्यक्रममा क्लबले ५ फिट भन्दा अग्लो बहुवर्षिय विभिन्न प्रजातिका २ सय विरुवाहरु वुक्षारोपण गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेतलेको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा बस्नेतले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको किवाचोक युवा क्लबका अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

वृक्षारोपणमा असारे फुल २० गोटा, कपुर ५३, करविर २० कल्कि फुल ३२, गोल्डेन धुपी १५, चापँ १५, तेकोमा १५, मयुर धुपी २०, गुल्मोहर १० र शिरिसको ५ वटा विरुवा रोपिएको थियो ।


उक्त वुक्षारोपण कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापको, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियार लगायत स्थानीयबासि र किवाचोक युवा क्लबको सदस्यहरुको सहभागिता वृक्षरोपण कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

 

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न