सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न | Jana Aawaj News

सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकाको सहयोग र युवाका साथ साथ आवाज नेपालको आयोजनामा २०८१ असार १६ देखि १९ गते सम्म सूर्यविनायक नगरपालिका भित्र रहेको १० वटा वडाहरु बाट १६/२४ वर्ष उमेर समुहका ३५ जना युवाहरुको सहभागितामा ४ दिने नमुना युवा नगर सभा कार्यक्रम सम्पन्न भएको छ ।

नमुना युवा नगर सभा कार्यक्रममा नमुना युवा नगर प्रमुख मेनुका थापा, उपप्रमुख शिरिषा न्यौपाने भुमिका निर्वाह गरि सभामा नमुना नीति, योजना कार्यक्रम, वजेट वक्तव्य र शिक्षा विद्येक प्रस्तुत गरि सभा संचालन भएको थियो । नमुना युवा नगर सभा कार्यक्रमले युवाहरुलाई आफ्नो जीवनको मार्गदर्शन पहिचान गर्न, लोकतन्त्र, लोकतान्त्रिक संस्कार बताउन र जीवनमा लागु गर्न, नगर सभा सम्बन्धी ज्ञान र सञ्चालन प्रक्रिया बारेमा बताउन तथा नगर सभा सदस्यका प्रमुख भूमिकाबारे प्रष्ट पार्न, नगर सभामा पालना गर्नु पर्ने नियमहरुका बारे प्रष्ट पार्न, नगर सभामा उठाउन सकिने सवालहरु पहिचान गर्न, नमुना युवा नगर सभाको अभ्यास गर्न , युवा नेतृत्व विकास सशक्तिकरण गर्न, युवाहरुलाई देशको शासकिय प्रक्रिया बारे जानकारी गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशिक्षक दिपेश बिसुन्केले बताउनु भयो ।

कार्यक्रमको समापन सत्रमा सुर्यविनायक नगरपालिकाको मेयर बासुदेव थापा, उपमेयर सरिता तिमसिना भट्टराई, सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटा र वडा अध्यक्षहरु सानुकाजी कायष्ठ, पुष्पराज बस्नेत, शिवराम राउत र कार्यापालिका सदस्य सर्मिला बस्नेत लगायतको उपस्थितिमा नमुना युवा नगर सभाका सदस्यहरुलाई प्रमाणपत्र विवरण गरिएको थियो । नगर प्रमुख बासुदेव थापाले युवालाई नगरपालिकाको शासकिय प्रक्रिया बारे बुझ्न सरल र सहज हुने यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै युवाहरुको आवाज सुनेर नगरपालिकाले विभिन्न कार्यक्रमहरु तर्जुमा गरिरहेको र युवाहरुको सशक्तिकरण र नेतृत्व विकासमा सदैव साथमा रहेको कुरा बताउँदै नमुना युवा नगर सभाका सदस्यहरुलाई आगामी निर्वाचनमा युवाहरुलाई उम्मेदवार बनि प्रत्यक्षमा शासन संचालन प्रक्रियामा सहभागी हुन शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपप्रमुख र सामाजिक विकास समितिका संयोजकले नगरपालिकाहरुलाई समृद्ध बनाउन युवा सहभागिता सुनिश्चित गर्दै युवाहरु अझै जागरुप हुनु पर्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्दै नगरपालिकालाई युवामैत्री बनाउन लागिपरिहेको विचार व्यक्त गर्दै युवाहरुलाई शुभकामना व्यक्त गर्नु भयो, समापन सत्रका सभाध्यक्ष याभ नेपालका अध्यक्ष सुजन अधिकारीले सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

+ posts
ताजा
1 भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
2 भक्तपुर अस्पतालले आफ्नै जनशक्तिले पहिलो पटक आँखाको शल्यक्रिया सुरु गर्यो
3 परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ द्धारा ASEZ ग्लोबल समिट तथा विशेष कन्सर्ट सम्पन्न
4 चाँगुबासीको हितमा काम गरिरहेका छौं, तर प्रचारप्रसारको कमी भयो : नगरप्रमुख जीवन खत्री
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न