नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक(९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल विजेता भएको छ १ त्यस्तै गरी द्धितीय स्थान ईडेन गार्डेन स्कुल, तृतीय स्थान सेन्ट जोन स्कुल र सान्त्वना स्थान यूनिटी स्कुलले प्राप्त गर्न सफल भएको छ ।

आधारभूत तहको उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन त्यसै गरी दोश्रो चरणमा ९ वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय ईडेन गार्डेन, यूनिटी र ग्लीटर फ्युचर स्कुल गरी ६ वटा स्कुलका टिम फाइनल चरणमा प्रतिस्पर्धा गरेको जानकारी आयोजक स्कुल ऋतम्भरा पाठशालाको शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिनुभयो ।

ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्व तथा चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रसाद प्रधानको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि चानपा शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेसनल प्याव्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का लगाएतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको छ १

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न