बालमैत्री नगर निर्माणको लागि बालगृहहरुको अनुगमन गर्दै सुर्यविनायक नगरपालिका | Jana Aawaj News

बालमैत्री नगर निर्माणको लागि बालगृहहरुको अनुगमन गर्दै सुर्यविनायक नगरपालिका

पढ्न लाग्ने समयः < 1 मिनेट
बालमैत्री नगर निर्माणको लागि बालगृहहरुको अनुगमन गर्दै सुर्यविनायक नगरपालिका : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपालिकालाई आ.व. २०८३/०८४ जेठ मसान्तसम्म बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषण गर्ने रणनीति अन्तर्गत स्थानीय बाल अधिकार समिति संयोजक एंव उपप्रमुख सरिता तिमल्सिना भट्टराईको नेतृत्वमा सुर्यविनायक नगरपालिका भित्र संचालनमा रहेको बालगृहहरु मुस्कान सेवा नेपाल, हर्ट फर फाउन्डेसन नेपाल, नयाँ नेपाल समाज केन्द्र गरि ३ बटा बालगृहहरुमा बाल गृह संचालन एंव व्यवस्थापन सम्बन्धि मापदण्ड २०७९ अनुसार मापदण्ड भित्र रहेर अनुगमन सम्पन्न भएको छ ।

अनुगमनमा बालगृह भित्र रहेको सम्पूर्ण पक्षहरुको अध्ययन अवलोकन गरि संस्थाको कानुनी दस्तावेज, बालबालिका ल्याउँदाको सिफारिस प्रक्रिया, पुर्णमिलन गराउँदाको प्रक्रिया, पढाइको अवस्था, स्रोत र खर्चविवरणको अवस्था, भौतिक संरचना भित्रको गाँस, बाँस कपासको अवस्था, बालमैत्री आचरण र व्यवहार, बालसंवेदनशीलता प्रति संचालक र व्यवस्थापकहरुको बुझाई र बालबालिकाहरु सँग प्रत्यक्ष कुराकानी र छलफल समेत गरेर अनुगमन गरिएको थियोे ।

अनुगमनको क्रममा उपप्रमुखले देखा परेका र सुधार गर्नु पर्ने पक्षहरुको टिपोट गरि संचालक र व्यवस्थापकलाई बढिमा ३ महिना भित्र सुधार गरेर प्रतिवेदन पठाउन निर्देशन दिनुभएको जानकारी स्थानीय बाल अधिकार समितिको सदस्य पुर्णिमा कायष्थले बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न