जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा | Jana Aawaj News

जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा

पढ्न लाग्ने समयः 2 मिनेट
जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा : Jana Aawaj News

जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा

भक्तपुर । शनिबार  नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरका जनताले दिनुभएको जनमतलाई उच्च मध्यनजर गर्दै आफु मन्त्री हुँदाको कार्यकालमा जनताको शीर झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री थापाले आफ्नो कार्यकाल क्यालेण्डर बनाएर स्वास्थ्य क्षेत्रको नतिजामूखी र ऐतिहासिक कार्यहरु गर्ने बताउनुभएको छ । १३ वटै जिल्लाका जनताको आस्था र विश्वासको रुपमा यो वा त्यो नभनि नतिजामुखी काम गर्ने प्रतिवद्धता जनाउँदै उहाँले आफु मन्त्री भएर फर्कदाँ कुनै पनि दाग वा छिटा लाग्न नदिने बताउनुभएको हो।

कार्यक्रममा उहाँले कुन कुन महिनामा कुन कुन काम गर्ने हो, त्यसलाई क्यालेण्डर नै बनाएर काम गर्नेछु । अब एक हप्ता मन्त्रालयमा बसी आवश्यक कामहरु प्राथमिकताका आधारमा छुट्याउनेछौं । बजेट कसरी कार्यान्वयन गर्ने रु कार्यान्वयनमा समस्याहरु केके छन् रु अस्पतालहरुका समस्या केके छन् रु त्यसलाई केलाउनेछु । कतिपय अस्पतालहरुमा दक्ष चिकित्सक नभएका कारण समस्या भएका छन् । त्यसको समाधान हुन्छ । सूर्यविनायक नगर अस्पतालमा अब तत्काल दुई जना दक्ष चिकित्सकको व्यवस्था हुन्छ । चिकित्सकको अभावमा रिफर गर्नुपर्ने समस्यालाई क्रमिक रुपमा अन्त्य गर्दै जानेछौं । सूर्यविनायक नगर अस्पताललाई स्तरउन्नती गरी कम्तिमा ५० बेडको बनाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने प्रकृया अगाडी बढाइनेछ । चाँगुनारायण नगरपालिकामा बन्ने वीर अस्पतालको लागि आवश्यक पहल गर्नेछु ।’

मन्त्रालय र कर्मचारीको कमि कमजोरीलाई सुधार गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले ६६ अर्व बजेटमा स्वास्थ्य क्षेत्रमा करिव ३४ प्रतिशत बजेट व्यवस्थापन भएको जानकारी गराउनुभयो । भदौदेखी नै कार्यान्वयन गर्ने उल्लेख गर्दै उहाँले कुनै स्वार्थ हुन नदिने बताउनुभयो । सवै नागरिकलाई समान व्यवहार हुने उल्लेख गर्दै उहाँले आफ्नो स्वभावमा कुनै परिवर्तन नहुने भन्दै भक्तपुरवासी जनताले दिएको सुझावलाई अक्षरस पालना गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफु मन्त्री हुँदा सेतो दैरा सुरुवाल लगाएकोमा फर्कदाखेरी कही कदै दाग वा छिटा लाग्न दिने छैन । धेरै मन्त्रीहरु फर्कदाँ दाग लागेर फर्कने गरेको सुनेका छौं तर मेरो त्यस्तो हुँदैन । मेरो कुनै पनि स्वार्थ छैन । राजनीतिक प्रति फरक धारणा हुने छैन । जनताको स्वास्थ्यको पहुँच विस्तारमा सहजीकरण हुनेछ । स्वास्थ्य क्षेत्रमा खेलो फड्को गर्न दिने छैन । म भक्तपुरको इज्जत राख्नेछु, भक्तपुरको मान र सम्मानमा कमि आउन दिनेछैन, जहिले पनि भक्तपुरको शिर उचो हुने काम गर्नेछ । स्वार्थ र विभेदमुक्त भएर काम गर्नेछु । पार्टी र जनताको विश्वासलाई टुट्न दिने छैन । वागमती प्रदेशका प्रत्येक क्षेत्रमा पुग्नेछु । १३ वटै जिल्ला, १३ वटै अस्पताल र १३ वटै आयुवेर्दिक अस्पताल लगायतका क्षेत्रमा पुगेर समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा अस्पतालका नेतृत्वसँग छलफल गरी उचित निष्कर्षमा पुग्नेछु । नागरिकले स्वास्थ्यका पहुँचमा सहज र छिट्टै पाउने गरी काम गर्नेछु ।’

वागमती प्रदेशमा नर्सिङ कलेज सञ्चालन गर्न स्वास्थ्य विधेयक तयारी भइरहेको उल्लेख गर्दै उहाँले विधेयक पास गरी जतिसक्दो चाँडो नर्सिङ कलेजहरु सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । भक्तपुरका अस्पतालहरुको सुधार र व्यवस्थापनको लागि बजेटको व्यवस्थापन भएको समेत उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्प बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्वसभापति पुष्करराज बुढाथोकी तथा सोसाईटीका अध्यक्ष उपेन्द्र केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x