परमेश्वरको मण्डली ISBA द्धारा सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

परमेश्वरको मण्डली ISBA द्धारा सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

२० बोरा फोहोर संकलन

पढ्न लाग्ने समयः 2 मिनेट
परमेश्वरको मण्डली ISBA द्धारा सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

रशिला थापा
काठमाडौं । आईतबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्थी स्वंयसेवक समुह ISBA ले विद्यार्थीहरुद्धारा आयोजित सरसफाई अभियान जोरपाटिमा सम्पन्न गरेको छ ।


कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण सुवेदीले अघिल्लो वर्षहरुमा झै यो वष पनि सरसफाईद्धारा जनचेतना जगाउने कार्य परमेश्वर मण्डलविश्व सुसमाचार समाजका विद्यार्थीहरुको ISBA समुहले गरेको छ । धेरै ठाउँहरुमा फोहोरहरु बढिरहेको यो समयमा फोहोर हटाउन सफाइ अभियान चलाउनु भएको छ, यसले हाम्रो नगरपालिकालाई  नमुना नगरपालिका बनाउन समेत सहयोग गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट यस कार्यक्रमलाई निरन्तर संचालन गर्नका लागि साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा कियर फर नेपालका अध्यक्ष प्रकाश डङ्गोलले विगत लामो समयदेखि अन्तराष्ट्रिय स्तरमा सरसफाई गर्दै आएको यस विद्यार्थीहरुको समुह ISBA ले नेपालमा समेत विगत केहि समयदेखि सरसफाइलाई अभियानको रुपमा संचालन गरिरहेको बताउनुभयो । हामी सबैको लागि सफाई महत्वपुर्ण भएकोले यो कार्यक्रलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।


सरसफाई कार्यक्रममा ISBA क्लबका सदस्यहरूले गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आसपासको ठाउँहरुमा सरसफाई गरेको छ । सरसफाई पश्चात कार्यक्रममा उपस्थित हुनुभएका अथितिहरुले विद्यार्थीहरुले गरेको कार्य उत्कृष्ट भएको बताउदै प्रशंसा समेत गर्नुभएको थियो । सरसफाई गरेपछि फोहोरले भरिएको वडा एकदमै सुन्दर र सफा देखिएकोले थियो ।


यसअघि पनि निरन्तर रुपमा विभिन्न विद्यालहरुमा सरसफाइ कार्यक्रमहरु गर्दै आएको र भविस्यमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिने ISBA ले जानकारी गराएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश
2 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
3 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
4 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x