नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा : Jana Aawaj News

काठमाडौं । नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा गरिएको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिलम निर्माणको घोषणा गरिएको हो । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ चलचित्रको नाम ‘कल्ली’ बताइएको छ ।
यस चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ भने, फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण यतिबेला चर्चामा रहेका छन् । उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गरिएको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ, भने निर्माण प्रमुख सुरज आचार्य रहेका छन् ।

चलचित्रकोे मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माण पक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न रहेको छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित गरेको छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ । नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

सार्वजनिक तीन पोस्टरबाट पल र बेनिशाले यसअघि काम नगरेको भूमिकामा काम गर्दैछन् भन्ने प्रष्ट हुन्छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका छन् । यसैगरी फिल्मको छायांकन कर्र्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको र तिहारपछि फिल्मको छायांकन सुरु हुने निर्देशक सुनारले जानकारी दिनुभएको छ ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x