नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा | Jana Aawaj News

नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा : Jana Aawaj News

काठमाडौं । नेपाली चलचित्र ‘कल्ली’ चैत्र २९ मा रिलिज गर्ने घोषणा गरिएको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिलम निर्माणको घोषणा गरिएको हो । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ चलचित्रको नाम ‘कल्ली’ बताइएको छ ।
यस चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ भने, फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण यतिबेला चर्चामा रहेका छन् । उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गरिएको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ, भने निर्माण प्रमुख सुरज आचार्य रहेका छन् ।

चलचित्रकोे मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माण पक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न रहेको छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित गरेको छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ । नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

सार्वजनिक तीन पोस्टरबाट पल र बेनिशाले यसअघि काम नगरेको भूमिकामा काम गर्दैछन् भन्ने प्रष्ट हुन्छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका छन् । यसैगरी फिल्मको छायांकन कर्र्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको र तिहारपछि फिल्मको छायांकन सुरु हुने निर्देशक सुनारले जानकारी दिनुभएको छ ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न