के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला ! | Jana Aawaj News

के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला !

पढ्न लाग्ने समयः < 1 मिनेट
के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला  ! : Jana Aawaj News

काठमाडौँ । अब नेपाल राष्ट्र बैङ्कले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न नागरिकले अनिवार्य रूपमा नागरिकता लगायतका परिचयपत्र पेस गर्नुपर्ने बताएको छ ।

केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मङ्गलवार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह समेत गरेको छ ।

यसैगरी असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्र्दाा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने भएको छ । विदेशी नागरिकको हकमाभने, राहदानी देखाउनुपर्ने भएकोे छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
2 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
3 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
4 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न