नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरुमा निरीक्षण | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरुमा निरीक्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरुमा निरीक्षण : Jana Aawaj News

भक्तपुर । २०८१ साउन १५ गते राती करिब ११ बजेदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्त्ते खोलामा आएको बाढीले खोला छेउछाउका अधिकांश क्षेत्र डुबानमा परेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गए राती परेको भीषण वर्षाका कारण बाढी र डुबानबाट प्रभावित ठाउँहरुमा आज स्थलगत निरीक्षण गर्नुभई त्यहाँको वस्तुथिति र क्षतिबारे जानकारी लिनुभयो ।

प्रमुख प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नपा वडा नं। १ धालाखुसी, इवामुरा कलेज, वडा नं। ३ स्थित बाराही पुल, श्री शारदा आ.वि., वडा नं. ४ स्थित राममन्दिर, तारा मावि र शान्ति निकेतन मावि तथा वडा नं. ७ स्थित हनुमानघाट, बालसेवक विद्यालय, थुसाचालगायतका ठाउँमा बाढीले पु¥याएको क्षेत्रहरुबारे स्थलगत निरीक्षण गर्नुभएको थियो ।

विगत केही दिनदेखि परिरहेको वर्षा र मंगलबार राती परेको वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् । बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति नपुगे पनि किसानहरुको बालीनालीमा पनि भने धेरै क्षति पु¥याएको देखिन्छ । खोला साँघुरिएपछि हरेक वर्ष वर्षाका कारण बस्ती डुबानमा पर्ने गरेको छ । यस वर्ष अत्यधिक वर्षा भएको कारण पनि धेरै क्षति पु¥याएको हो ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x