मंगलबारदेखि मनसुन सक्रिय भएसगैं भारी वर्षाको सम्भावना : मौसम पूर्वानूमान | Jana Aawaj News

मंगलबारदेखि मनसुन सक्रिय भएसगैं भारी वर्षाको सम्भावना : मौसम पूर्वानूमान

कुनकुन स्थानमा पर्छ भारी वर्षा हेर्नुहोस्

पढ्न लाग्ने समयः < 1 मिनेट
मंगलबारदेखि मनसुन सक्रिय भएसगैं भारी वर्षाको सम्भावना : मौसम पूर्वानूमान : Jana Aawaj News

काठमाडौँ । मंगलबारदेखि मनसुन सक्रिय भएसगैं भारी वर्षाको सम्भावना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका अनुसार मंगलबार र बुधबार मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर सामान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
उच्च जोखिममा रहेका जिल्लाहरुमा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा र लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची यता सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जानकारी गराएको हो ।

रातिको समयमा भने, मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अनुरोध गरेको हो ।

 

+ posts

 

 

ताजा
1 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
2 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
3 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
4 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न