श्रेष्ठलाई घाइते बनाएको बाघलाई १५ घण्टापछि नियन्त्रणमा | Jana Aawaj News

श्रेष्ठलाई घाइते बनाएको बाघलाई १५ घण्टापछि नियन्त्रणमा

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
श्रेष्ठलाई घाइते बनाएको बाघलाई १५ घण्टापछि नियन्त्रणमा : Jana Aawaj News

चितवन । नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक जनालाई आक्रमण गरेर नरकट झाडीमा लुकेको बाघ १५ घण्टापछि नियन्त्रणमा आएको छ । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको थियो ।

बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकहरू मध्यान्हदेखि निरन्तर खटिएका थिए ।

बाघले आइतबार बिहान साढे ५ बजे तिर नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन तीनवटा हात्ती आए पनि बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए । ती हात्ती भागेपछि सौराहाबाट थप दुई हात्ती लगिएको थियो । नारायणगढ लिलाचोक र पोखराबसपार्क बीचमा रहेको रेयुकाइ कार्यालय आडको नारायणी किनारमा बाघले आक्रमण गरेको थियो ।

हाल बाघलाई नियन्त्रणमा लिइएको छ भिडियो तल हेर्नुहोला:

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न