सुर्यबिनायकका मेयरद्वारा स्वास्थ्यमन्त्रीलाई बधाई कार्यक्रम सम्पन्न | Jana Aawaj News

सुर्यबिनायकका मेयरद्वारा स्वास्थ्यमन्त्रीलाई बधाई कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
सुर्यबिनायकका मेयरद्वारा स्वास्थ्यमन्त्रीलाई बधाई कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई बधाई ज्ञापन गर्नु भएको छ ।

आइतबार सूर्यविनायक नगरपालिकाले आयोजना गरेको वधाई तथा शभकामना कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले वागमती प्रदेशमा रहेका स्वास्थ्य संस्थाको विकासका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने कुरामा आफू निरन्तर प्रयासरत रहने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले  भक्तपुर जिल्लाभित्र रहेका सबै सरकारी एवं निजी अस्पताल लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने हरेक प्रकारको सहयोगमा पहिलो प्राथमिकता हुने जानकारी दिनुभयो । यसैगरी सूर्यविनायक नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको संस्तथागत विकासको लागि आफूले सधै सहयोगी र रचनात्मक भूमिका खेल्ने समेत बताउनुभयो ।

मन्त्री थापाले स्वास्थ्य सेवा पाउनुपर्ने जनताको पहिलो र नैसिर्गिक अधिकार भएको बताउँदै त्यो यस प्रदेशका जनतालाई कसरी सहज स्वास्थ्यको सेवा दिलाउन सकिन्छ भन्ने विषयमा आफू स्वाथ्यकर्मी र विज्ञहरुसंग छलफलमा रहेको जानकारी दिनुभयो । यसैगरी सबै क्षेत्रका आम जनताले सरल तरिकाले स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न आफू लागि पर्ने भन्दै त्यसका लागि स्वास्थ्य क्षेत्रका जानकार साथीहरुलाई आफूलाई सुझाव र सल्लाह दिन आग्रह समेत गर्नुभयो । जनताले स्वास्थ्य सेवा पाउन कुनै पनि प्रकारका कठिनाई भोग्न नपरोस, सहज र सरल तरिकाले सेवा पाउन सकुन भन्ने लक्ष्यका साथ आफ्नो मन्त्रालयले काम गर्न थालिसकेको बताउनुभयो ।

पुरै जिल्लाको प्रतिनिधित्व गर्दै आफू वागमती प्रदेशको मन्त्री भएकाले आफ्नो कामले सधै जिल्लाको शीरलाई उच्च राख्दै काम गर्ने बताउदै सूर्यविनायकवासीको आफ्ना कामले शीर सधै उच्च राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

बधाई कार्यकम्रमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले नगरपालिका भित्रको स्वास्थ्य सेवामा आपसी सरसल्लाह गरेर नगरको स्वास्थ्य सेवालाई आउने दिनमा अझै बढी प्रभावकारी मन्त्री थापाको सहयोगले हुने बताउनुभयो । हिजो जस्तै आउने दिनमा पनि आपसी सहकार्य गरेर नगरको समग्र विकासमा हामी अघि बढ्ने मेयर थापाले जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न