गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गरिदैं | Jana Aawaj News

गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गरिदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गरिदैं : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८१ सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने विषयमा सोमबार सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले सापारुको उपलक्ष्यमा विगत वर्षह?मा झैं यस वर्ष पनि परम्परागत र आधुनिक सांस्कृतिक विधाह?को संरक्षण र सम्बद्र्धन गर्न सांस्कृतिक प्रस्तुतीह?को मूल्यांकन गरी पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरूमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरू हटाउन यही २०८१ साल भदौ १ गतेभित्र सबैले आआफ्नो तारहरू व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरू नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको छ ।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, केबल नेटवर्क तथा वडा निरीक्षकसहितको समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतको उपस्थिति रहेको थियो ।

 

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न