शिक्षकहरुले पेशागत हक अधिकारका लागि राजनीति गर्नुपर्छ : अध्यक्ष देउजा | Jana Aawaj News

शिक्षकहरुले पेशागत हक अधिकारका लागि राजनीति गर्नुपर्छ : अध्यक्ष देउजा

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
शिक्षकहरुले पेशागत हक अधिकारका लागि राजनीति गर्नुपर्छ : अध्यक्ष देउजा : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले शिक्षकहरुले आफ्नो पेशागत हक अधिकारका लागि राजनीति गर्नु पर्ने बताउनुभयो ।

शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष देउजाले भने तपाई शिक्षकहरुले शैक्षिक सुधारको लागि राजनीति गर्नु पर्दछ । आफ्नो कार्य क्षेत्र, समयभित्र राजनीति गर्नु नहुने र त्यसबाहिर पनि मर्यादा नभुलि सक्रिय हुनु पर्ने देउजाले बताउनुभयो । सरकारले सत्र अठार प्रकारका शिक्षकलाई सम्बोधन गर्ने गरि नीति नियम बनाउनु पर्ने भन्दै आफुले त्यसतर्फ सक्दो पहल गर्ने एमाले अध्यक्ष देउजाको भनाई छ ।

शिक्षा क्षेत्रको सम्पूर्ण अधिकार स्थानिय सरकारलाई दिएको भएपनि त्यसको बारेमा सोच विचार गर्ने बेला आएको छ, अध्यक्ष देउजाले भन्नुभयो । एसईईको नजिताले नेपाल सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको देखिएकाले सबै एक जुट भएर सुधारमा लाग्न उनले आग्रह समेत गरेका छन् । कार्यक्रममा नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधिराम गेलाल, चाँगुनारायण शिक्षा शाखाका प्रमुख दिनेश अर्याल, एमाले चाँगु नगरका अध्यक्ष राम तिमिल्सिना, शिक्षक संगठन भक्तपुरका अध्यक्ष गोविन्द ढुंगानालगायतले शिक्षा क्षेत्रको सुधारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा सोम कुमार श्रेष्ठ पूनः सर्वसहमत चयन भएका छन् । संगठनको उपाध्यक्षमा माधव ढकाल, नानुमैया गिरी, सचिवमा सुरेश ढुंगाना, सहसचिवमा दुर्गा घिमिरे, कोषाध्यक्षमा रामहरि अधिकारी, सहकोषाध्यक्षमा सरिता ढकाल चयन भएका छन् । सदस्यमा सरिता धिमाल, दयादेवि रिजाल, राजकुमार ढकाल, यशोदा सुवेदी, कुमार शाख र गोपाल बराल चयन भएका हुन् । 

भिडियो लिन्क :

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न