
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले गाडीमा हिड्यो गाडी सुरक्षित छैन । प्लेनमा हिड्यो प्लेन सुरक्षित छैन । हेलिकप्टरमा हिड्यो हेलिकप्टर सुरक्षित नभएको कुरा बताउनुभयो । उहाँले सो कुरा प्रेस सोसाइटीले आज सूर्यविनायममा आयोजना गरेको साक्षतकार कार्यक्रममा बताउनुभएको हो ।
ट्राफिक प्रहरीले सवारी दुर्घटनाको रोकथाममा भन्दा राजस्व सङ्कलनमा बढी ध्यान दिइरहेको भन्दै भन्दै उहाँले थप्नुभयो-ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ।

उहाँले भन्नुभयो -भोली फेरी हाम्रो प्रतिस्पर्धा कांग्रेसको एमालेसंग हुन्छ र एमालेको कांग्रेससंग नै हुन्छ भन्ने कुरा एमालेका अध्यक्ष केपी ओलीलाई पनि थाह छ । त्यो हाम्रो पार्टी सभापति शेरवहादुर देउवालाई पनि थाह छ । तैपनि हामीले मिलेर सरकार बनाएका छौ ।
उहाँले साना राजनीतिक पार्टीहरूले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको भन्दै उहाँले भन्नुभयो- कांग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता ल्याएको र जनतामा आशा जगाएको छ भने । उहाँले त्यसोत केही नयाँ पार्टीहरुले मिसन ८४–८४ भनिराखेका छन । उनीहरु आउने कुरालाई हामी नाई भन्दौनौ । उनीहरु मात्रै होइन, उनीहरुश्र भन्दा नयाँ आए पनि हामी स्वागत गर्नेछौ । तर हामी देख्यौ नयाँ जोगीहरु खरानीमात्रै धस्ने भए काम गर्ने भएनन । वोल्ने मात्रै भए ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रममा विषय उठान पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति पुष्कर बुढाथोकीले गर्नुभएको थियो भने संचालन सोसाइटीका महासचिव केशव लुइँटेलले गर्नुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 345235












