वीरेन्द्रनगरको सुर्खेतमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

वीरेन्द्रनगरको सुर्खेतमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रम सम्पन्न

९० जना सहभागी

पढ्न लाग्ने समयः 5 मिनेट
वीरेन्द्रनगरको सुर्खेतमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज संवाददाता
सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले कर्णाली प्रदेशस्थित वीरेन्द्रनगरको सुर्खेतमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


यो वर्षमात्र देशभरि १९ पटक मण्डलीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेर रक्त आपूर्ति अभाव समाधान गर्नमा सरिक भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सोमबार कर्णाली प्रदेशको बिरेन्द्रनगर ६ सुर्खेत जिल्लामा अवस्थित विश्व सुसमाचार परमेश्वरको मण्डली बिरेन्द्रनगर र नेपालगञ्जले संयूक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गर्याे । ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान अभियान’ भन्ने कार्यक्रमको नाममा भएको ‘निस्तार-चाड’ भन्ने शब्दचाहिँ बाइबलमा लेखिएको परमेश्वरको चाड हो, जसमा ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ रहेको छ ।

बाइबलअनुसार येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो दिन आफ्नो देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभयो र मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन प्रदान गर्नुभयो । ख्रीष्टको बलिदान र प्रेम समावेश भएको यस दिनको सम्झना गर्दै मण्डलीले हरेक वर्ष विश्वव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दैआएको छ ।
नेपालमा चाहिँ बागमती प्रदेशस्थित काठमाडौं लगायत ललितपुर र भक्तपुरमा, सुदूरपश्चिम प्रदेशको कैलालीमा, मधेस प्रदेशको पर्सामा, गण्डकी प्रदेशको नवलरपुर लगायत अन्य विभिन्न क्षेत्रहरूमा आयोजना गरिएको छ । कर्णाली प्रदेशमा आयोजना गरिएको चाहिँ यो नै पहिलो पटक हो । “मानव-जातिको मुक्तिको निम्ति ख्रीष्टको प्रेमलाई व्यवहारमा लागू गर्न सन्तहरू एकै चित्तका भएका छन्, रक्त अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरू सबै जनाले स्वस्थ र हर्षपूर्ण जीवन जिउन सकून् भन्ने कामना गर्दछु” भन्दै मण्डलीका एक अधिकारीले बताउनुभयो ।

‘वीरेन्द्रनगर परमेश्वरको मण्डली’मा आयोजित निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रममा परमेश्वरको मण्डली बिरेन्द्रनगर र नेपालगंजका सदस्यहरु, उनीहरूका परिवारहरू, छिमेकीहरू गरी करीब ९० जना सहभागी भएका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, सुर्खेतले परमेश्वरको मण्डलीको सामूहिक रक्तदानप्रति आभार व्यक्त गर्दै रक्तदानमा आवश्यक पर्ने सबै चिकित्सा सहयोग गरेको थियो ।


कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख टिकाराम शर्माले विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रममा निमन्त्रणा दिएकोमा आभार व्यक्त गर्दै रक्तदान जीवन दान केवल परमेश्वर मनमा बास गरेकोहरूले मात्र गर्न सक्ने कार्य हो भन्दै फेरी फेरी पनि रक्तदान कार्यमा सहभागी हुन भन्दै सहभागीहरूलाई प्रोत्साहन दिनुभयो ।


साथै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र सुर्खेतका सभापति रामलाल आचार्यले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ विश्व व्यापि रक्तदान कार्यक्रममा सँगै सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो भविष्यमा पनि यस्ता कार्यक्रम लगातार गर्न र सहभागी भइदिन अनुरोध गर्नुहुँदै रक्तदाताहरू र परमेश्वरको मण्डलीलाई आभार प्रकट गर्नुभयो ।


सामान्य स्वास्थ्य जाँच सकेपछि, त्यसको नतिजाअनुसार सहभागीहरू उत्साहजनक ढङ्गले रक्तदानमा सहभागी भएका थिए । बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म जारी रहेको कार्यक्रममा ४२ जनाले १४७०० मि.लि. रगत दान गरे । सहभागी मध्य दुर्गा शाहीले खुशी हुँदै “निस्तार चाडद्वारा स्वर्गी माताको रगत ग्रहण गरेर जीवन पाए जस्तै रक्तदान कार्यक्रमद्वारा ख्रीष्टको प्रेम बाँड्दै संसारलाइ बचाउने कार्यमा सहभागी हुन पाएकोमा एकदमै उत्साहित भएकोछु पछिल्ला समयहरूमा पनि यस्तो स्वंयम सेवाको कार्यमा अग्रसर हुने कुरा बताउनुभयो ” ।

त्यसै गरी सहभागी बिष्णा थापा मगरले “रक्तदान अभियान मार्फत ख्रीष्टको प्रेम संसारमा बाँड्ने मौका पाएको र स्वंयम सेवा कार्यको महत्व अझ नजिक बाट बुझ्ने अवसर पनि पाएको भन्नुभयो ” साथै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।
साथै विश्व सुसमाचार परमेश्वरको मण्डलीलाई रक्तदान मार्फत पुण्य काम गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र सुर्खेतले प्रमुख अतिथि मार्फत प्रशंशा पत्र प्रदान गरेको छ ।


परमेश्वरको मण्डलीको रक्तदान अभियानले विभिन्न देशमा रगतको आपूर्ति र मागलाई स्थिर बनाउन र रक्तदानको चेतना फैलाउन तथा जीवनको मूल्यको कदर गर्नमा योगदान पुर्याइरहेको छ भनी मूल्याङ्कन गरिएको छ । नेपालमा पनि उस्तै नै हो । यसको अतिरिक्त वृद्धाश्रम भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयलाई सिकाइका निम्ति कम्प्यूटर सहयोग जस्ता विविध गतिविधिमार्फत परमेश्वरको मण्डलीले समाजमा आशा बाँड्ने कार्य गर्दैआएको छ । २०७२ सालको महाभूकम्पका बेला भग्नावशेष भएको सिन्धुपाल्चोकस्थित श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनः स्थापना गर्ने कार्य साथै ७१० वटा क्षेत्रहरूमा मर्मत–सम्भार कार्य तथा घाइतेहरूको उद्धार गर्ने कार्यमा पनि मण्डली अग्रसर रह्यो । यसको अतिरिक्त मण्डलीले भूकम्पका कारण यातायात अवरुद्ध हुन पुगेको सेर्तुङ र तिप्लिङ जस्ता हिमाली क्षेत्रका गाउँहरूमा १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक खाद्यान्न पुर्याएको छ ।


सन् १९६४ मा कोरियाबाट सुरु भएर विश्वका १७५ वटा देशहरूमा ७,८०० वटा क्षेत्रहरूमा स्थापना भएको परमेश्वरको मण्डलीका करीब ३७ लाख विश्वासीहरूले विभिन्न क्षेत्रमा प्रेम बाँड्ने कार्य गरिरहेका छन् । पछिल्लो समयमा मण्डलीले ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रिय रूपमा आयोजना गरिरहेको छ । आशा च्यालेन्जचाहिँ मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको एक सामाजिक योगदान गतिविधि हो, जुन ‘संकटमा रहेको विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) अनुरूप छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी र भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ क्षेत्रहरूमा आयोजना गरिन्छ ।


यसैको एक हिस्सास्वरूप ‘आशाको वन’ अभियान, ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जस्ता कार्बन न्यूनीकरण गतिवधिहरू आयोजना गरिन्छ, जुन नेपालमा पनि चुस्त रूपमा भइरहेको छ । जुलाईमा काठमाडौँको नागार्जुनस्थित छग्डोल गाउँको वनमा ५०० वटा र कोशी प्रदेशस्थित दमकको रतुवा खोला किनारमा ५०० वटा रूखहरू रोपेर ‘आशाको वन’ अभियान गरियो । त्यसै गरी जून महिनामा काठमाडौंको बूढानीलकण्ठ भङ्गालस्थित धोवी खोला परिसरमा, भक्तपुरको सूर्यविनायकस्थित वन भोज खेल मैदानमा र गण्डकी प्रदेशको नवलपुरको बर्दघाटमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी गरियो । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गर्ने र त्यसलाई छुट्टाछुट्टै विसर्जन गर्ने र प्लास्टिकको प्रयोगलाई घटाएर कार्बन डाइअक्साइड उत्सर्जन घटाउने, वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने र सहभागिता प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

यस किसिमको परोपकारी कार्य विश्वव्यापी रूपमा जारी भइरहेको छ । परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा २८,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरेको छ । जसको कदरस्वरूप मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ४,७०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । नेपालमा पनि मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न