संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता  | Jana Aawaj News

संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता 

पढ्न लाग्ने समयः < 1 मिनेट
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता  : Jana Aawaj News

भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।

उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ ।
माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपाको ग्लीटर फ्युचर स्कुलले द्धितीय स्थान र पारगान एकेडेमीले तृतीय स्थान पाउन सफल भएको थियो । साथै आधारभूत तह तर्फ भक्तपुर कमलविनायक स्थित पारागन एकेडेमीले द्धितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको जानकारी (USDF) का अध्यक्ष श्रीराम सुवालले दिनुभयो ।
(USDF) का कोषाध्यक्ष राम प्रसाद खाताखोको संयोजनमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ मा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड प्रदान गर्नु भएको थियो ।
संयुक्त विद्यालय विकास मन्च (USDF) का सचिव मुकेश योन्जनले यस्ता प्रकारका खेलले विद्यार्थीहरु पढाईको बोझबाट मुक्त भइ अझ अध्ययनमा रुची राख्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनु पर्ने बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न