अधिक बर्षाका कारण गएको बाढी, पहिरोले गरेको क्षतिको मूल कारण पहिचान गरी रोकथाम गरिने : मेयर खत्री | Jana Aawaj News

अधिक बर्षाका कारण गएको बाढी, पहिरोले गरेको क्षतिको मूल कारण पहिचान गरी रोकथाम गरिने : मेयर खत्री

पढ्न लाग्ने समयः < 1 मिनेट
अधिक बर्षाका कारण गएको बाढी, पहिरोले गरेको क्षतिको मूल कारण पहिचान गरी रोकथाम गरिने : मेयर खत्री : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका कारण मनसुनजन्य बिपदबाट भएका घटनाहरूमा तत्काल प्रतिकार्य गरी थप क्षति हुन नदिन नगरपालिका सफल भएता पनि अधिक बर्षाका कारण गएको बाढी, पहिरो र डुबानका घटनाहरूबाट चांँगुनारायण नगरपालिकाले धेरै क्षति बेहोरेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले क्षति हुनुका मूल कारणहरु पहिचान गरी रोकथाम तथा न्यूनीकरणका उपायहरू अबलम्बन गरिने बताउनुभयो । दिगो बिकासमा ध्यान दिदै बिकास निर्माणका हरेक काममा बिपद् जोखिम न्युनीकरणलाई मूलप्रवाहीकरण गर्दै सबै सरोकारवाला निककार्यायहरुसंग हातेमालो गर्दै बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्य गरिने बताउनुभयो ।

मनसुनजन्य बिपद्बाट भएका क्षति भएका भौतिक पूर्वाधारहरुको पुर्ननिर्माण स्थानीय स्रोत साधनबाट मात्रै सम्भब नहुने भएकोले सडक, मन्दिर, बिध्यालय, पाटीपौवा लगायत सार्बजनिक तथा निजी भवन पुनर्निर्माण र कृषि क्षेत्रमा भएको क्षतिमा राहत उपलब्ध गराउन जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत प्रदेश तथा संघिय सरकार समक्ष माग गर्ने बताउनुभयो ।

साथै उहाँले सबै निकायहरू बीच हुने प्रभाबकारी समन्वय र सहकार्यबाट मात्रै बिपद ब्यवस्थापन सम्भब हुने बताउनु हुदै मनसुनजन्य बिपद्को प्रतिकार्यमा समन्वय र सहयोग गर्नुहुने सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई धन्यबाद दिनुभयो । यस वर्षको मनसुन अझै केही साता सम्म सक्रिय हुने भएकोले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने सुचना अनुसारका निर्देशन अनुसरण गर्न तथा समुदायमा हुनसक्ने बाढी, पहिरो तथा डुवानका घटनाहरुमा सुरक्षा प्रथमलाई ध्यान दिई आपसी सहयोग र सहकार्य गरी प्रतिकार्यमा जुट्न समेत नगर प्रमुख खत्रीले नगरबासीलाई अनुरोध समेत गर्नुभयो ।

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न