सोमबार विभिन्न स्थानमा भारी वर्षा हुने | Jana Aawaj News

सोमबार विभिन्न स्थानमा भारी वर्षा हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
सोमबार विभिन्न स्थानमा भारी वर्षा हुने : Jana Aawaj News

भक्तपुर। सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने बताइएको छ ।

आज राती पनि कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ । त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने आज राती भारी वर्षा हुने जनाइएको छ ।
भारी वर्षा हुने विभिन्न स्थानमा रहने मानिसहरूलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा काठमाडौंको टोखामा सरसफाइ कार्यक्रम सम्पन्न
2 कैलालीमा वी लभ यू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त
4 किर्तिपुरमा वी लभ यु फाउन्डेसनद्वारा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न