गंगालालमा राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरू | Jana Aawaj News

गंगालालमा राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरू

पढ्न लाग्ने समयः < 1 मिनेट
गंगालालमा राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरू : Jana Aawaj News

भक्तपुर । शहीद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिमका खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क शुरु गर्ने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तार्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी मंगलबार सम्झौता गरिएको छ ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था बताएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अस्पतालबीर्च निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको हो ।

 

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न