देउवा निवासमा पदाधिकारी बैठक बस्दै | Jana Aawaj News

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
देउवा निवासमा पदाधिकारी बैठक बस्दै : Jana Aawaj News

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्र्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ ।

बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्ने छ भने, सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्र्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप लगाउदै आएका छन् ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि उनी विवादमा परेकी छन् ।

 

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न