आज सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मानाइदै | Jana Aawaj News

आज सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मानाइदै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मानाइदै : Jana Aawaj News

भक्तपुर । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरि मानाइदैछ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उहाँले यस्तो बताउनुभएको हो । ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गर्नुभएको हो ।

ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी ।’
तत्कालीन नेकपा (एमाले) का उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न