अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुन्छ : स्वास्थ्य मन्त्री थापा | Jana Aawaj News

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुन्छ : स्वास्थ्य मन्त्री थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुन्छ : स्वास्थ्य मन्त्री थापा : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ । प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका छन् । साथै सुनपा ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा सम्पन्न उक्त लोक नृत्य प्रतियोगितामा १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गर्नुभएको थियो । कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले नृत्य सँगसँगै अन्य विविध खेलकूद र बौद्धिक रुपमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउँदै आएकोमा प्रशंसा गर्नुभयो । साथै आफू स्वास्थ्य मन्त्री भए पश्चात पूर्ण रुपले स्वास्थ्य अवस्था सुदृढ गर्न लागि परेको बताउनुभयो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्रीलाई दोसल्ला ओडाई बधाई एवं सफल कार्यकालको लागि शुभेच्छा दिनुभएको थियो । अध्यक्ष खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष खड्काले निष्पक्ष निर्णायकको भूमिकामा रहने महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठ एवं कार्यक्रममा उपस्थित अतिथि र विद्यालय प्रतिनिधिलाई आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम सेराटन बैँक्वेट सूर्यविनायक ९ जगातिमा सम्पन्न भएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न