भक्तपुर । आज संविधान दिवस, राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गर्दै मनाइदै छ। प्रधानमन्त्री केपि शर्मा ओलिले सामाजिक सन्जाल मार्फत दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान बताउदै यसले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनुभयो ।
सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ। यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ। जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने बताउदै यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँने बताउनुुुभयो।
यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ। सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना !

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 296047