
जन आवाज संवाददाता
टिकापुर । परमेश्वरको मण्डल विश्व सुसमाचार समाजद्वारा बुधबार ‘आशाको वन’ क्याम्पेन अन्तर्गत सुदूरपश्चिम टीकापुरको टिकापुर अस्पताल सडक क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको छ ।

सेप्टेम्बर २५ तारिखमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज सुदूरपश्चिमकाे टीकापुरको टिकापुर अस्पताल सडक क्षेत्रमा करिब १०० वटा बिरुवाहरू वृक्षारोपण गरि ६० वटा ट्री गार्ड गरिएको छ । ‘आशाको वन’ क्याम्पेन अन्तर्गत मण्डलीकाे सुदुरपश्चिम क्षत्रिय संगठन द्वारा वृक्षारोपण गरेको हो जस्मा हानिकारक बोट-बिरुवालाई हटाउँदै, अनि फोहोर तथा ज्वलनशील सामग्रीलाई सङ्कलन गरेर कार्बन उत्सर्जनलाई कम गराउनुको साथै भूमि संरक्षण, जैविक विविधता संरक्षण, वन आगलागी रोकथाम र सुन्दर र हरियाली टिकापुर शहर सृजना गर्ने कार्यमा योगदान गरेका छन् । स्वदेशमा मात्र होइन तर संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, पेरु, कोरिया, मङ्गोलिया, दक्षिण अफ्रिका इत्यादि विभिन्न देशहरूबाट पनि सन्तहरू सहभागी भइरहेका छन् ।

यसपालि अन्तर्राष्ट्रिय नीलो आकाश दिवस(सेप्टेम्बर ७) र ओजोन तह संरक्षण दिवस(सेप्टेम्बर १६)को अवसरमा गरिएको हुनाले पनि यो क्याम्पेन अझ अर्थपूर्ण बन्यो । स्वच्छ वातावरण सिर्जना र ओजोन तह संरक्षण गरेमा विश्वव्यापी जलवायु सङ्कटलाई रोकथाम गर्नमा मद्दत मिल्छ । आशाको वन क्याम्पेन बाहेक पनि हामीले ‘आशाको ३६६ फुटप्रिन्ट’लाई दैनिक रूपमा अभ्यास गरिरहेका छौं । यसले सार्वजनिक यातायातको प्रयोग, बिजुली सकेटबाट प्लग झिक्ने, निजी मग प्रयोग गर्ने आदिद्वारा हाम्रो दैनिक जीवनमा कार्बन उत्सर्जनलाई घटाउँछ ।

सो दिन बिहान १०:३० बजे टिकापुर , धनगढि , भिम्दत्त , नेपालगञ्ज , बिरेन्द्रनगरका परमेश्वरको मण्डलीका सदस्यहरू, परिवार र छिमेकीहरूसहित करीब २०५ जना टिकापुर चिल्ड्रेन पार्कमा भेला भएका थिए । परमेश्वरको मण्डलीका एक जना अधिकारीले भने, “अहिले जलवायु गम्भीर सङ्कटमा परेको छ । हरियालीको कमीले गर्दा कार्बन डाइअक्साइड वृद्धि हुन्छ र यसले विश्व तापमानलाई नै ह्वात्तै बढाइदिन्छ । यस ‘आशाको वन’ले सारा विश्वलाई हराभरा बनाएर, वातावरणलाई सफा र स्वच्छ पार्नेछ भन्ने आशा गरेको छु ।”

कार्यक्रममा, प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री लाल बिर चाैधरी ले “मण्डलीको कार्य सरहनिय छ टिकापुर नगरपालिकाले मण्डलीको यस्तो कार्य प्रति सँधै सहयोग गरिरहने छ ” भन्दै समर्थन जनाए ।

सारा तनमनले बिरुवा रोप्नमा लागिपरेका स्वयंसेवकहरूले, सुरुमा केही गहिराइसम्म जमिन खन्ने, बिरुवा रोप्ने, माटो पुर्ने, र पानी हाल्ने जस्ता हरेक चरणका कामहरू सावधानीपूर्वक गरे । स्थानीयबासीहरूले आफूले पनि दैनिक जीवनमा कार्यान्वयन गर्न सक्ने ‘वन फँडानीका रोकथाम प्रक्रियालाई टिपोट गर्दै, उक्त ‘आशाको वन’ क्याम्पेनमा सहभागिता जनाए ।

वृक्षारोपणको अतिरिक्त, स्वयंसेवकहरूले त्यस क्षेत्रमा जताततै फ्याँकिएका फोहोरहरू पनि सङ्कलन गरे, अनि झारहरू उखेलेर रूखबिरुवाहरू स्वस्थ रूपमा हुर्कन सक्ने वातावरण बनाइदिए ।

परमेश्वरको मण्डलीले गत जुलाई महिनामा पनि काठमाडौंको नागर्जुनस्थित छग्डोल गाउँको वनमा ५०० वटा बिरुवा, कोशी प्रदेशस्थित दमकको रतुवा खोलाको किनारमा ५५० वटा बिरुवा रोपेर ‘आशाको वन’ क्याम्पेन गरेको थियो ।

यसबाहेक पनि परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान’ र ‘प्लास्टिकका फुटप्रिन्ट हटाऔं’ क्याम्पेनहरू पनि गर्दैआएको छ । योचाहिँ परमेश्वरको मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिने ‘विश्व आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्जचाहिँ ‘सङ्कटमा परेको विश्वव्यापी गाउँमा आशा बाँडौं’ भन्ने उद्देश्यका साथ दिगो विकास लक्ष्यहरू(SDGs) सँग सहकार्य गर्दै ६ वटा विधामा जारी गरिएको छ ।

कोरियामा मात्र पनि यो वर्षचाहिँ बृहत रक्तदान कार्यक्रम २० पटकसम्म गरियो । यसले रक्त आपूर्तिमा स्थिरता ल्याउनुका साथै रक्तदान गर्नुको आवश्यकता र जीवनको महत्त्वबारे सबैमाझ जनचेतना जगायो । त्यसै गरी जून महिनामा चाहिँ काठमाडौंको बूढानीलकण्ठको भङ्गालस्थित धोबीखोला क्षेत्र, भक्तपुरको सूर्यविनायकस्थित वनभोज मैदान, अनि गण्डकी प्रदेशको नवलपुरस्थित बर्दघाटमा प्लास्टिक फुटप्रिन्ट मेटाउने क्याम्पेनमा पनि सबैले सहभागिता जनाए । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गरेर फ्याँक्ने प्लास्टिकजन्य फोहोर हो । यो क्याम्पेनले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गर्दछ, त्यसलाई छुट्टाछुट्टै विसर्जन गरेर प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दछ । तब कार्बन डाइअक्साइडको उत्सर्जन पनि घट्नेछ र वातावरण संरक्षणसम्बन्धी सबै जना जागरुक हुनेछन् ।
साथै यसले माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयहरूलाई कम्प्यूटर वितरण, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण इत्यादि कार्यक्रमद्वारा छिमेक र समुदायहरूमा आशाको किरण प्रवाह गरिरहेको छ । सन् २०१५मा भूकम्पले गर्दा यसले, भग्नावशेष भएका २ वटा प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरिदिएर नेपालभरिका ७१० वटा क्षतिग्रस्त ठाउँहरूमा गएर उद्धार तथा मर्मत सम्भार सेवा प्रदान गऱ्यो । साथै हिमाली दुर्गम ठाउँमा रहेको गाउँका १,००० परिवारहरूका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न पुऱ्यायो ।
परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशका ७,८०० वटा ठाउँहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । ३७ लाख सदस्यहरूले वातावरण संरक्षण, रक्तदान, विपत्ति ग्रस्त ठाउँमा उद्धार सेवा, शैक्षिक सहयोग जस्ता विभिन्न विधाहरूमा करीब २९,००० पटकसम्म स्वयंसेवाहरू गर्दैआएको छ । यसको कदरस्वरूप ३ जना कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाको सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक, र ब्राजिलबाट विधायिकी पदक जस्ता विभिन्न पुरस्कारहरू ४,७०० पटकभन्दा बढी प्राप्त गरेको छ । मण्डलीले नेपालमा चाहिँ बागमती प्रदेशका समाज विकास मन्त्री, बागमती प्रदेशका सभा सदस्य, र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्त्वहरूबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344168












