
जन आवाज संवाददाता
काभ्रे । बुधबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज भक्तपुर क्षेत्रीय सङ्गठनद्वारा विश्वव्यापी आशा च्यालेन्ज जलवायु परिवर्तन प्रतिक्रिया अन्तर्राष्ट्रिय नीलो आकाश दिवस तथा ओजन तह संरक्षण दिवसको उपलक्ष्यमा आशाको वन अभियान वन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले बनेपालाई राम्रो सुन्दर बनाउन परिश्रम गर्न आइदिनुभएकोमा धन्यवाद दिनुभयो । पृथ्वीलाई बचाउनु हामी सबैको कर्तव्य हो । आज छरिएका प्लाष्टिक जन्य फोहोरहरु टिपेर सफा गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमलाई भोलिको निदमा पनि निरन्तरता दिन नगरपालिको समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी मण्डलीले मानव जातिको हितको निम्ति गरिरहेको स्वयंसेवा कार्यहरू, वातावरण सरसफाई, साथै मानव जीवन बचाउन रक्तदान जस्ता परोपकारी कार्यहरू अतिनै प्रशंसनीय छ भन्नुहुँदै परमेश्वरको मण्डलीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बनेपा नगरपालीका वडा नं ६ का वडा सदस्य लाल कृष्ण तिमलसिनाले यस पर्यटकिय ठाउँमा सरसफाइको निम्ती आउनुभएको धन्यवाद दिदै यो कार्य सवागत योग्ग छ हाम्रो वडाले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनका लागि सदैब साथ र सहयोग रहने बताउनुभयो । साथै बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि सहयोग पुर्याएको थियो ।

कार्यक्रममा परमेश्वरको मण्डलीका अधिकारीले भन्नुभयो, मानव जातिको खुशीको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई सुन्दर रूपमा सजाएर भावी पुस्तामाझ हस्तान्तरण गर्ने बहुमूल्य कार्यमा सन्तहरू स्वेच्छाले सहभागी भएको कुरा बताउनुभयो ।

परमेश्वरको मण्डलीका सदस्यहरू, उनीहरूका परिवारहरू साथै छिमेकीहरू गरी करीब २०० जनाभन्दा बढीले बनेपा नगरपालिकाको गोसाइँथान पार्क वनको ३ कि.मि. वन सरसफाइ गर्नुभयो । यस ठाउँको मुख्य पिकनिक स्पोट भएको र यहाँ मानिसहरूको आवतजावत धेरै हुने भएकोले बाटोमा र वनमा धेरै फोहोरहरू फ्याकिएको थियो । विशेष गरी सडकको किनार र बस बिसौनीमा धेरै फोहोर हुन्छ । बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा करीब २ घण्टासम्म जारी रहेको थियो । प्लास्टिक, एकल प्रयोग सामग्रीहरू, क्यान, फुटेका बोतलहरू, चुरोटका ठुटाहरू जस्ता विभिन्न फोहोरहरूले १०० बोरा भरिएका थिए ।

कार्यक्रममा सहभागी भएका सदस्यहरुले खुशी हुँदै “वातावरण सरसफाइ गर्दै पृथ्वी र मानव हितको कार्यमा आफु सहभागी हुन पाएकोमा हृदयदेखि नै खुःशी भएको बताउनुभयो ” त्यसै गरि कार्यक्रममा सहभागी भएका अर्का सदस्यले “वातावरण सरसफाइ गर्नु भनेको आफैमा असलकार्य हो, झरी पर्ने मौसम भएपनि कुनै प्रकृतिक अवरोध विना नै यो सरसफाइ कार्यक्रम सम्पन्न गर्न सकिएकोमा म साच्चै खुःशी छु ” भन्नुभयो ।

यो वर्ष मात्रै बागमती प्रदेशको मकवानपुर र धादिङ, कोशी प्रदेशको मोरङ, कर्णाली प्रदेशको सुर्खेत लगायत देशका विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गर्न परमेश्वरको मण्डली अग्रसर रहदै आएको छ । जुलाईमा काठमाडौँको नागार्जुनस्थित छग्डोल गाउँको सामुदायिक वनमा ५०० वटा र कोशी प्रदेश दमकको रतुवा खोला किनारमा ५०० वटा रूखहरू रोपिएको थियो । यो अभियानचाहिँ परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालन गर्ने ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा ‘आशाको वन’ अभियान हो ।

त्यसै गरी गत जून महिनामा काठमाडौंको बूढानीलकण्ठ भङ्गालस्थित धोवी खोला परिसरमा, भक्तपुरको सूर्यविनायकस्थित वन भोज खेल मैदानमा र गण्डकी प्रदेशको नवलपुरस्थित बर्दघाटमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी गरेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गर्ने र त्यसलाई छुट्टाछुट्टै विसर्जन गर्ने र प्लास्टिकको प्रयोगलाई घटाएर कार्बन डाइअक्साइड उत्सर्जन घटाउने, वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने र सहभागिता प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

यसबाहेक, रक्त आपूर्ति अभावलाई पूर्ति गर्नमा मद्दत पुर्याउन यो वर्ष देशभर १९ पटक बृहत रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै वृद्धाश्रमको भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा कम्प्युटर सहयोग जस्ता विभिन्न तर्फबाट मण्डलीले प्रेम बाँडिरहेको छ । विभिन्न क्षेत्रमा स्वयंसेवा गर्दैआएको परमेश्वरको मण्डलीले २०७२ सालमा महाभूकम्प गएको बेलामा पनि सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालयको पुनर्निर्माण गर्नुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार कार्य तथा घाइतेको उद्धार गर्ने कार्य गरेको छ । यसैगरी हिमाली क्षेत्रका गाउँहरूमा हेलिकप्टरबाट १,००० घरधुरीका निम्ति १४ पटक खाद्यान्न ढुवानी गरेको छ ।

मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा–पत्र प्राप्त गरेको छ । अनि अन्तर्राष्ट्रिय स्तरमा तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ४,७०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । मण्डलीले हालसम्म वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा २८,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरेको छ ।


















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 342852












