टिकटक समूहमार्फत कोन्ज्योसोम गाउँपालिकाको राहत कोषमा सहयोग | Jana Aawaj News

टिकटक समूहमार्फत कोन्ज्योसोम गाउँपालिकाको राहत कोषमा सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
टिकटक समूहमार्फत कोन्ज्योसोम गाउँपालिकाको राहत कोषमा सहयोग : Jana Aawaj News

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितह?को राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले बाढीपहिरो आइ ठूलो धनजनको क्षति भएको जानकारी दिँदै पीडितको राहत र उद्धारका लागि टिकटक समूहले उक्त रकम कोषमा प्रदान गरेको बताउनुभयो ।

सहयोग गर्नुहुने सम्पूर्णलाई कोन्ज्योसोम गाउँपालिकाले सहयोग गर्दै आएको छ । अहिले बाढीपीडितका लागि गाउँपालिकाले क्रमिक रुपमा पुनस्थापना गर्ने कार्य अगाडि बढाइरहेको छ ।

 

+ posts