पहिलो खुल्ला काभ्रे-भक्तपुर जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न | Jana Aawaj News

पहिलो खुल्ला काभ्रे-भक्तपुर जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं ओल्ड स्कुल प्रथम हुन सफल

पढ्न लाग्ने समयः 2 मिनेट
पहिलो खुल्ला काभ्रे-भक्तपुर जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न : Jana Aawaj News

भक्तपुर । शनिबार विकास संरक्षण तथा प्रवर्धन अभियानद्वारा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डूको बास्केटबल कोटमा आयोजित पहिलो खुल्ला काभ्रे–भक्तपुर जिल्ला स्तरीय हाफकोट बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा विजेता हुन सफल काठमाडौं ओल्ड स्कुलले ५० हजार नगद पुरस्कार सहितको ट्रफि र सिल जित्न सफल भएको थियो । यसैगरी र उपविजेता आयोजक टिम विकास संरक्षण तथा प्रवर्धन अभियानले २० हजार नगद पुरस्कार सहित ट्रफि र सिल जित्न सफल भएको थियो ।

कार्यक्रममा अभियानका संरक्षक, पूर्वमन्त्री महेश बस्नेत, अभियानका सल्लाहकार, आदरणीय स्वास्थ्य मन्त्री किरण थापाज्यू, अभियानका सल्लाकार, भक्तपुर जि.स.स प्रमुख इश्वर थापा, सू.न.पा ७ का वडा अध्यक्ष रविन्द्र साकोट, सू.न.पा.८ का वडा अध्यक्ष पुष्पराज बस्नेत र गुण्डु बृहत खानेपानीका अध्यक्ष सरिता कुँवरको उपसिथति रहेको थियो ।

कार्यक्रममा विकास संरक्षण तथा प्रवर्धन अभियानका संयोजक दिनेश थापाले आर्थिक, जिन्सि, सञ्चार र भौतिक रुपमा सहयोग गर्नुहुने ९कउयलकयच० दाताहरु, खेलप्रेमी साथीहरु, रेफ्रीहरु, अभियानका अभियान्ताहरुलाई धन्यवाद दिदै सबै टिमलाई यस प्रतियोगितामा भाग लिएर खेलकुद क्षेत्रलाई अगाडि बढाउन थप टेवा पुर्याएकोमा आभार व्यक्त गर्नुभएको थियो । उक्त खेलमा १८ वटा टिमले भाग लिएका थिए ।

 

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न