भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकाको आनाकानी : मन्त्री थापा | Jana Aawaj News

भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकाको आनाकानी : मन्त्री थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकाको आनाकानी : मन्त्री थापा : Jana Aawaj News

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिको आनाकानी गरिरहेको बताउनुभयो ।

आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भने, “ म आफैं २ पटक भक्तपुर नगरपालिकाको मेयरसँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गर्दा उहाँहरु आनाकानी गर्नुहुन्छ ।” थप रुपमा उहाँले भक्तपुर अस्पतालमा बाँकी थप जग्गामा सिटिस्क्यान राखेर सुविधासम्पन्न बनाउनमा भक्तपुर नगरपालिका नै बाधक भएको बताउनुभयो । उहाँले यस किसिमको रवैयाले भक्तपुर नगरपालिका विकासमा ५० वर्ष पछि धकेलिने चेतावनी समेत दिनभयो ।

उहाँले आफू स्वास्थ्य मन्त्री भएपछि सम्पूर्ण प्रादेशिक अस्पताललाई सुधार गर्न लागिरहेको बताउनुभयो । उहाँले आफूले मन्त्रालय सम्हालेपछि थप जनशक्तिको व्यवस्थापन गरेर अस्पतालहरूमा कर्मचारी व्यवस्थापन गरेको बताउनुभयो । उहाँले भक्तपुर अस्पताल यसपटक पनि पहिलो नम्बरमा परेको स्मरण गर्दै अस्पताललाई सिटिस्क्यान मेसिन खरिद गर्न ८ करोड रुपैयाँ बजेट भएपनि नगरपालिकाले जग्गा नमिलाइदिएर राजनीति गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले अहिले उपत्यका सहित देशभरमा डेङ्गुको प्रकोप फैलिएको हुनाले सचेत रहन आग्रह गर्दै उहाँले भन्नुभयो, “डेङ्गु एक गम्भीर प्रकृतिको रोग हो, यसले ज्यानै समेत जानसक्छ । डेङ्गु एक पटक लागिसकेको मानिसलाई पछि फेरी लग्यो भने त्यो व्यक्ति जीवन र मृत्युको दोसाँधमा पुग्छ । ” डेङ्गुखतरनाक रोग भएकोले उनले आफू बस्ने र आफ्ना वरपरका वातावरण सफा राख्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेप्सेम्याकका प्रबन्ध निर्देशक बाबुराम चौलागाइँले आफ्नो संस्था वातावरण स्वच्छता कायम गर्न सक्रियताको साथ लागेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन गर्ने आफ्नो सवारी ग्रामीण क्षेत्रमा हप्तामा १ र सहरी क्षेत्रमा हप्तामा २ पटक जाने गरेको बताउनुभयो ।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता केदार अधिकारीले विषय उठान गर्नुभएको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न