भक्तपुर । आज पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लगिदै छ ।

लामिछानेलाई सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा रहेको छन् । यसअघि नै थप गरिएको म्याद सकिए लगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले बताएको छ ।
लामिछानेलाई पहिलो पटक ६ दिन र पछिल्लो पटक ७ दिन म्याद थप गरेर अनुसन्धान भैरहेको छ । कास्कीमा अनुसन्धान सकिएपछि थप अनुसन्धानका लागि उनलाई भैरहवा लगिने बताइएको हो । उनीमाथि सुप्रिम सहकारी ठगीविरुद्ध पनि आरोप रहेको छ । उनलाई कार्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news