म्याद थपका लागि लामिछानेलाई अदालत लगिदैं | Jana Aawaj News

म्याद थपका लागि लामिछानेलाई अदालत लगिदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
म्याद थपका लागि लामिछानेलाई अदालत लगिदैं : Jana Aawaj News

भक्तपुर । आज पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लगिदै छ ।

लामिछानेलाई सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा रहेको छन् । यसअघि नै थप गरिएको म्याद सकिए लगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले बताएको छ ।

लामिछानेलाई पहिलो पटक ६ दिन र पछिल्लो पटक ७ दिन म्याद थप गरेर अनुसन्धान भैरहेको छ । कास्कीमा अनुसन्धान सकिएपछि थप अनुसन्धानका लागि उनलाई भैरहवा लगिने बताइएको हो । उनीमाथि सुप्रिम सहकारी ठगीविरुद्ध पनि आरोप रहेको छ । उनलाई कार्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

 

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न