दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने | Jana Aawaj News

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

पढ्न लाग्ने समयः < 1 मिनेट
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने : Jana Aawaj News

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जनालाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु. २५,०००) बाट आख्यानकार डा. राजेन्द्र विमल र कुमार–सरस्वती साहित्य पुरस्कार (रु. २५,०००) बाट साहित्यकार समालोचक प्रा. डा. अभि सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसैगरी चूडामणि गौतम व्याकरण–कोश पुरस्कार (रु. ५१,१११) बाट व्याकरणविद् प्रा. मुकुन्दशरण उपाध्याय र रामप्रसाद पन्त वाङ्मय पुरस्कार (रु. ५५,५५५) बाट साहित्यकार समालोचक प्रा. डा. गोविन्दराज भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारहरू नेपाली भाषासाहित्य र समालोचनाका क्षेत्रमा योगदान गर्ने क्रमशः आख्यानकार शङ्कर कोइराला, साहित्यकार समालोचक प्रा.डा. कुमारबहादुर जोशी, कोशकार चूडामणि गौतम र साहित्यकार रामप्रसाद पन्तका नाउँमा स्थापित पुरस्कारहरू हुन् ।
यी सबै पुरस्कारहरू आगामी मङ्सिर १ गते काठमाडौँमा आयोजना गरिने समारोहमा पुरस्कृत महानुभावहरूलाई समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ ।

 

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न