एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट | Jana Aawaj News

एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट

पढ्न लाग्ने समयः < 1 मिनेट
एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ । मंसिर २२ गते हुने इभेन्ट सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा इभेन्टका आयोजकहरुले जानकारी दिएका हुन् ।

करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेको इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी दिनुभयो । त्यस्तै लोकल व्यान्डमा इको ब्लुम, चक्रभिउ, द आइकोन व्यान्ड, डिभाइन सोल र जेन्सिस व्यान्ड रहेको पनि उहाँले जानकारी दिनुभयो । विगत लामो समयदेखि इभेन्टको आयोजना गर्दै हालसम्म १२ वटा इभेन्टपश्चात यो लाउडेस्ट इभेन्ट गर्ने निर्णय भएको आयोजक मिश्रले बताउनुभयो । सम्मेलनमा एम ई एम इन्टरटेन्मेन्टका फाउण्डर लोकसाङ लामाले रकमेनिया लाउडेस्ड इभेन्टले यस इन्टरटेन्मेन्टको रक व्यान्ड कन्सर्ट गर्ने सपना पूरा भएकोमा हर्ष व्यक्त गर्नुभयो । उहाँले करिब ५ हजार भन्दा बढी सहभागिताको अपेक्षा रहेको यस कन्सर्टमा नेपालको रक इन्डस्ट्रिजलाई अझ उच्चस्तरमा लैजाने र जति पनि प्ल्याटफम नपाएका लोकल तथा नयाँ व्यान्डहरु छन् उनीहरुलाई प्रमोट गर्ने उद्देश्य रहेको बताउनुभयो ।

सम्मेलनमा आयोजकले कन्सर्टबाट भएको आम्दानीको २० प्रतिशत क्यान्सर पिडित तामाङ इन्डस्ट्रिकी गायिका इन्दिरा गोले गुरुङ्गलाई सहयोग गर्ने निर्णय भएको बताउनुभयो । सम्मेलनमा इभेन्टका पार्टनरस् हिलसाइड बिन्स बरिस्ता कफी स्कूलका संचालक सरोज ढकाल, स्टारडस्ट इभेन्टका फाउण्डर मिकेश कार्की, डापरल्याडका फाउण्डर बिजेस जोशी, प्रोजेक्ट हेडस् मनिस घिमिरेले भक्तपुरको टुरिजम क्षेत्रलाई लक्ष्य बनाएर भक्तपुरमा पनि यस्ता इभेन्ट हुँदोरहेछ है भन्ने दर्शकमाझ मुनाफा कमाउने हिसाबले हैन कि एउटा रक व्यान्ड चिनाउने उद्देश्यले यो कन्सर्ट हुन लागेको जानकारी दिनुभयो । इभेन्टका टिकेट पार्टनर टिकेट संजालका संचालक अंकित पाण्डेले यस कन्सर्टको बारेमा र अनलाइन टिकट बुक गर्न www. ticketsanjal.com मार्फत थाहा पाउन सक्नु हुने पनि जानकारी दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न