
वागमती  प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालमा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता जनाउदै अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्ने बताउनुभयो ।

वागमति प्रदेश सभाका पूर्व सदस्य समेत रहनु भएका अध्यक्ष थापालाई अस्पतालकी कार्यकारी निर्देशक डा.सुमित्रा गौतमले स्वागत गर्दै अस्पतालले प्रवाह गर्दै आएको सेवाकाबारेमा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालको सेवाकाबारेमा जानकारी गराउनु भएको थियो ।

पदभार ग्रहण कार्यक्रममा पूर्व मन्त्री एवं एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन दउजा, अस्पतालका निवर्तमान अध्यक्ष रमन कायस्थलगायतले नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल यो अस्पतालको साख नगिर्ने गरि काम गर्दै अगाडि बढ्नु पर्ने बताउनभयो
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 





 Total views : 295874
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


