वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन

पढ्न लाग्ने समयः < 1 मिनेट
वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ नामक निबन्धसंग्रह पुस्तक भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा सोमबार एक कार्यक्रमबीच विमोचन गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले व्यक्तिको अभिव्यक्ति फरक फरक शैलीमा प्रतिबिम्बित हुने बताउँदै साहित्यकारहरुले शब्द, बिम्ब र प्रतिकको रुपमा साहित्यहरु सिर्जना गर्ने गरेको बताउनुभयो ।
साहित्यलाई प्रचारको माध्यमको रुपमा लिनुपर्ने कुरामा विशेष जोड दिँदै उहाँले प्रगतिशील साहित्यबाट देश र जनताको हितमा सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले एक प्रसंगमा साहित्यकारहरु जनताको बिचमा जानुपर्ने र साहित्यकारहरु कहिल्यै पनि राजनीतिबाट अलग हुन नसक्ने चर्चा पनि गर्नुभयो ।
साहित्य देश र जनताको निम्ति लेख्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले साहित्यकारले प्रत्यक्ष देखेको र भोगेको स्पष्ट रुपमा कथा, कविता, नाटक आदि मार्फत कलम चलाउनुपर्ने धाराण राख्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला र संस्कृति प्रचारप्रसारमा साहित्यकार तेजेश्वर ग्वंगःको उल्लेखनीय योगदान रहेको र ग्वंगद्वारा लिखित भक्तपुर सम्बन्धी लेख रचनाले भक्तपुरको जीवन्त चित्रण गरेको जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर कला र संस्कृतिको सहर भएकोले भक्तपुर महोत्सवमार्फत अध्ययन अनुसन्धानकर्ताहरुको लागि महोत्सव एउटा अवसरको रुपमा रहेको बताउँदै भक्तपुरमा रहेका मुर्त अमुर्त सम्पदा अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि महोत्सवले मद्दत पुर्याउने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वंगःले विगतका आफ्ना साहित्य लेखनको अनुभव सुनाउँदैै आफुले नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा सहित्य लेख्दै आएको समेत बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरेको उदाहरणीय काम देशैभरका स्थानीय निकायहरुले पनि सिको गर्नुपर्ने र प्रत्येक स्थानीय तहले जनताको हकहितको लागि काम गर्नुपर्ने समेत बताउनुभयो ।
वरिष्ठ निबन्धकार एवं पुस्तकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा सम्पन्न भएको पुस्तक विमोचन कार्यक्रममा सुन्दर स्वदेश प्रकाशनका अध्यक्ष ऋषिराम पाण्डे र प्रदिप सापकोटाले पनि बोल्नुभएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x