अमेरिकामा पहिलो पटक ग्लोबल नेपाली फिल्म फेस्टिभल हुदैं | Jana Aawaj News

अमेरिकामा पहिलो पटक ग्लोबल नेपाली फिल्म फेस्टिभल हुदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
अमेरिकामा पहिलो पटक ग्लोबल नेपाली फिल्म फेस्टिभल हुदैं : Jana Aawaj News

काठमाडौं । नेपाली फिल्मले फड्को मार्दै अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउदैे अमेरिकामा समेत पहिलो पटक ग्लोबल नेपाली फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।

विश्वभर फैलिएको कोभिड १९ ले थिलथिलो भएको चलचित्र क्षेत्रमा नेपाली फिल्मलाई अझ चलायामान बनाउदै ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको हो ।
यो फेस्टिभलमा कुनै प्रतिस्पर्धा नभएर नेपाली फिचर फिल्मदेखि, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबद्र्धनको लागि आयोजना गर्न लागिएको बताइएको छ ।
सो फेस्टिभलका आयोजक नवराज श्रेष्ठले जानकारी दिनुभएअनुसार महोत्सवको मिति चाँडै तय गरिने भएको छ । कोरोना महामारीले गर्दा केही ढिलाई भएता पनि महोत्सवको मिति चाँडै घोषणा गर्ने श्रेष्ठले बताउनुभयो ।
यस्तै आयोजकहरुमा नेपाल फिल्म सोसाइटी युएसए, नेपाल फिल्म सोसाइटी काठमाडौं, ग्लोबल नेपाल फिल्म अवार्डस एलएलसीले संयुक्त रुपमा आयोजना गर्ने बताइएको छ ।

+ posts