त्रियोगात्मक साकोसको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

त्रियोगात्मक साकोसको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
त्रियोगात्मक साकोसको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

काठमाडौं । काठमाडौंको बनस्थलीमा रहेको त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिको कास्कून र ब्लोदानको संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।

सो रक्तदान कार्यक्रम कास्कून र ब्लोदान बीच आर्थिक वर्ष २०७८ देखि ०८९ सम्ममा कास्कूनका सदस्य संस्थाहरुको आयोजनामा ५२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमती अनुसार उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको कास्कूने जानकारी गराएको छ

कार्यक्रम त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालयमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कास्कूनका उपाध्यक्ष नवराज अर्याल र सञ्चालक तारानाथ सापकोटा तथा ब्लोदानका भोलानाथ पाठकले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । आगामी दिनहरुमा समेत रक्तदान कार्यक्रमहरु आयोजना गर्दै जाने संस्थाले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न