
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । राष्ट्र बैंकले विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको बताएको छ ।
उक्त विद्युतीय गाडीकोे विकास प्रवद्र्धन र सहज रुपमा विद्युत खपत बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको बताएको छ ।
निजी क्षेत्रले समेत चार्जिङ स्टेसन निर्माणका लागि विशेष प्राथमिकता दिएको यो समयमा देशभरका विभिन्न १५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेक छ भने, नेपाल विद्युत प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj