नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियतमा कर्जा दिने | Jana Aawaj News

नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियतमा कर्जा दिने

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियतमा कर्जा दिने : Jana Aawaj News

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । राष्ट्र बैंकले विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको बताएको छ ।

उक्त विद्युतीय गाडीकोे विकास प्रवद्र्धन र सहज रुपमा विद्युत खपत बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको बताएको छ ।

निजी क्षेत्रले समेत चार्जिङ स्टेसन निर्माणका लागि विशेष प्राथमिकता दिएको यो समयमा देशभरका विभिन्न १५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेक छ भने, नेपाल विद्युत प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न