सूचना प्रविधिमा सबैको पहुँच पुर्याउँदै नास्ट | Jana Aawaj News

सूचना प्रविधिमा सबैको पहुँच पुर्याउँदै नास्ट

पढ्न लाग्ने समयः < 1 मिनेट
सूचना प्रविधिमा सबैको पहुँच पुर्याउँदै नास्ट : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुर जिल्लाको व्यासिमा रहेको भक्तपुर नगरपालिकाको प्रागंणमा पौष २८ गतेदेखि Mobile IAC लेखिएको लामो बस रोकेको देखिन्छ । झट्ट हेर्दा कुनै तिर्थालु बोक्ने जस्तो देखिने यो बस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सूचना प्रविधि पहुँच बस हो।

प्रविधिमैत्री यो बसमा अहिले सूचना प्रविधिसम्बन्धीको ५ दिने तालिम कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुर जिल्लाका कप्युटर शिक्षिकाहरुलाई सूचना प्रविधिका आधुनिक सफ्टवयर, साइवर सुरक्षा र शिक्षण विधिमा सामाजिक सञ्जालको प्रयोगका विषयमा क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जिल्लाका १४ वटा विद्यालयका २१ जना कप्युटर शिक्षिकाहरुको सहभागिता रहेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सूचना प्रविधिमा महिला (WIIT) को समन्वयमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई स्थानीयरुपमा श्री पद्म माध्यमिक विद्यालय, इन्जिनियरस विदआउट बोर्डरस, आसाकाजी बासुकला स्मृति प्रतिष्ठान र स्कोलार एजुकेशन इन्सिचियुटले सहजीकरण गरिरहेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सूचना पहुँच केन्द्रले विगत तीन वर्षदेखि देशका विभिन्न भेगमा पुगी सूचना प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि गर्नका लागि उक्त बसको प्रयोग गरिरहेको छ । बस भित्र १९ वटा ल्यपटप, प्रोजेक्टर, इ पोडिएम, स्मार्ट बोर्ड, सिसिटिभी र इन्टरनेट प्रयोगको सुविधा छ । सूचना प्रविधि पहुँचमा हाल रहेको विभेदलाई अन्त्य गरी सबैमा यस सम्बन्धीको ज्ञान पुर्याउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित देशका ग्रामीण भेगमा समेत प्रतिष्ठानले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न