भक्तपुरको सल्लाघारीमा शुसान्त केसीको लाइभ कन्सर्ट हुने | Jana Aawaj News

भक्तपुरको सल्लाघारीमा शुसान्त केसीको लाइभ कन्सर्ट हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको सल्लाघारीमा शुसान्त केसीको लाइभ कन्सर्ट हुने : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर ।  आइतबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुरको सल्लाघारी मैदानमा गाएक शुसान्त केसीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गतेका दिन शनिबार प्रस्तुति दिन लागेको बताएका छ्न् ।

गाएक केसीले साढे २ वर्षपछि आउँदो फागुनको अन्त्यमा काठमाडौंमा उनको स्वर गुञ्जिने पक्का भएको हो । उक्त कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ भनेर राखिएको छ ।

भक्तपुरको सल्लाघारी  चौरमा गर्न लागिएको कन्सर्टमा आफूले एक नयाँ गीत रिलिज गर्ने समेत उनले घोषणा  गरेका छन । ‘दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनुहुनेछ’ उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरेको सम्मेलनमा उनले बताए ।

उक्त कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारंगी, साथी, आमा, उड उडीजस्ता गीत गाउने भएका छन् ।
केही समय अघि मात्र उनले  अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा कन्सर्ट गरेर आएका उनको स्वर अब  भक्तपुर कन्सर्टमा गुन्जिने पक्का भएसंगै फ्यानमाझ उत्साह बढेको छ ।

भक्तपुर कन्सर्टमा सुशान्तको १५ हजार दर्शकहरु उक्त कन्सर्ट मा सहभागि हुने अपेक्षा आयोजकले गरेको बताएको छ । कन्सर्टका लागि दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्ने बताइएको छ । टिकट मूल्य साधारणको ९९० रुपैयाँ तोकिएको छ भने, फ्यानपिटको १४९९ रुपैयाँ र भीआइपीतर्फको २४९९ रुपैयाँ तय गरिएको खल्तीले बताएको छ ।

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न