नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन एकेडेमी हुन सफल भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

स्कुल तहका विद्यार्थीहरुमा पनि बाह्य सामान्य ज्ञान बारे थप जानकारी रहनु पर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । दुई समूहमा विभाजन गरी संचालन गरिएको प्रतियोगिताको अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालयको समूह बीच प्रतिस्पर्धा भएको जानकारी आयोजक सिरिन केन स्कुलका संचालक कमल सुवालले दिनुभयो ।

+ posts

ताजा
1 सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न
2 विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न
3 सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन
4 विनायकको ३८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न